प्रेस चौतारी नेपालको महाधिवेशन फागुनमा

काठमाडाैं | पुस १८, २०८१

प्रेस चौतारी नेपालको महाधिवेशन फागुनमा

काठमाडौं:     प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनमा फागुनमा गर्ने निर्णय गरेको छ । 


प्रेस चौतारी नेपालको आज बसेको सचिवालय बैठकले आगामी फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए । 


उनले श्रमजीवी पत्रकारले अझै पनि न्यूनतम पारिश्रमिकमा काम गर्नुपरेको र सामाजिक सुरक्षा कोषजस्ता पत्रकारका हकहितका काम हुन नसकेकाले महाधिवेशन त्यसतर्फ पनि केन्द्रीत हुने बताए । 


महाधिवेशन अगाडि प्रेस चौतारी नेपालले प्रदेश र जिल्ला अधिवेशन सकाउने निर्णय गरेको छ । 


उनका अनुसार जिल्ला अधिवेशन माघ २५ गते र  प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्देशन दिएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्